July 30, 2021, Friday
२०७८ श्रावण १५

लागुऔषध सहित ललितपुर भलिबल क्लबका टिम म्यानेजर पक्राउ

123

ललितपुर भलिबल क्लबका टिम म्यानेजर लागूऔषध सहित पक्राउ परेका छन् । करिव ३ महिना अघिको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले फ्लोअप गरेर अनुसन्धानपछि ललितपुरका भलिबल क्लबका म्यानेजर अनुप श्रेष्ठलाई पक्राउ गरेको परिसरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।

‘काँचो सूचनाको आधारमा ३ महिना लामो अनुसन्धानपछि उनलाई आज (आइतवार) पक्राउ गरेका हौं,’ एसएसपी बज्राचार्यले भनिन्,’उहाँको अर्को परिचय समाज सेवीको रुपमा परिचित छ ।’

समाज सेवा र क्लबको आडमा रहेर विद्यालय बालबालिका र क्लबमा खेल्ने खेलाडीलाई लागूऔषध विक्री गरको हुनसक्ने भएकाले अनुसन्धान गरिरहेको बज्राचार्यले बताइन् ।