July 30, 2021, Friday
२०७८ श्रावण १५

गस्तीमा गएको बेला भाेड्का रक्सी चाेरेर खाने असइ सहित तीन जना प्रहरी निलम्बनमा

814

मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो । 

 प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल (एसके मदिरा) बाट चार वटा भाेड्का रक्सि चाेरेर सबैले खाएको भिडियो सार्वजनिक भएको थियोे ।उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले ध्यानाकर्षण गर्दै छानबिन गरेको थियोे ।