July 30, 2021, Friday
२०७८ श्रावण १५

श्रीमानले आगाे लगाउदा गम्भीर घाइते लक्ष्मीलाई हेलिकप्टर बाट काठमाडौ ल्याइयो

384

आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

जेठ १२ गते राति १२ बजेतिर पसलमा सुतिरहेका बेला लक्ष्मीमाथि ज्वलनशील पदार्थ छर्किएर आगो लगाइएको थियो । आगोले आधाभन्दा बढी जलेकी लक्ष्मीलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजंग अस्पतालमा ल्याइएको थियो । अस्पतालले सोही दिन उनको उपचार सम्भव नभएको भन्दै बाहिर लैजान भनेको थियो । तर आर्थिक अभावका कारण आफन्तहरुले उनलाई अन्यत्र लैजान सकेका थिएनन् ।