July 30, 2021, Friday
२०७८ श्रावण १५

रुकुमेली समाज विकास केन्द्रद्वारा नगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु सहयोग

195

काेराेना भाइरस महामारी राेकथाम तथा नियन्त्रणमा टेवा गर्न रुकुम पश्चिमकाे क्रियाशील गैरसरकारी संस्था रुकुमेली समाज विकास केन्द्र (RSDC)ले मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।रुकुमेली समाज विकास केन्द्र रुकुम द्धारा संचालित सुआहारा दोस्रो कार्यक्रमबाट उक्त सहयोग गरिएको संस्थाले जनाएको छ । संस्थाले एक अनौपचारिक कार्यक्रमको बिच स्वास्थ्य सामाग्रीहरु मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको केन्द्रका सुआहारा कार्यक्रमका फिल्ड संयोजक जगदिश खड्काले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर देबीलाल गौतम, उप -प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री लगाएतकाे सहभागिता रहेको थियो । नगरपालिकाकाे स्वास्थ्य शाखालाई आवश्यक पर्ने पिपि सेट ६ थान, ५ सय एम.एल.को हेन्डसेनिटाइजर ५ बोतल, एक सय एम.एल.को हेन्डसेनिटाइजर ४७ बोतल र सर्जिकल मास्क २ हजार ६ सय थान लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।भोली देखि नै रुकुम जिल्ला को पुर्व र पश्चिम का गाउँपालिका र नगरपालिका हरुको स्वास्थ्य शाखालाई पनि स्वास्थ्य सामाग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको संयोजक खड्काले जानकारी दिए ।