July 30, 2021, Friday
२०७८ श्रावण १५

बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु

148

बाघको आक्रमणले आज एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ की ६८ वर्षिय नन्द कला थापाको मृत्यु भएको छ । मधुवन नगरपालिका स्थित ८३ नम्बरको पिलर नजिक बोर्डर नजिकको जंगलमा साग टिप्न गएको बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

साग टिप्न गएको बेला बाघले आक्रमण गरेको खबर स्थानीयले पाएका थिए । स्थानीय र प्रहरीको संक्रियतामा खोजी कार्य भएको थियो ।

खोजी गर्ने क्रममा महिलाको शव साँझ ७ बजे भेटिएको उपरीक्षक रावतले बताए । यससंगै चालु आर्थिक वर्षमा ११ जनाको बाघ आक्रमणले मृत्यु भईसकेको छ । गत बुधबार मधुवन नगरपालिका–१ ईन्द्रपुरका लाल बहादुर चौधरीलाई बाघले आक्रमण गरी गम्भिर घाईते बनाएको प्रहरी प्रमुख कार्कीले जनाए ।