July 30, 2021, Friday
२०७८ श्रावण १५

सुदूरपश्चिम नेपाली सेनाकाे सुविधा सम्पन्न अस्पताल संचालनमा

351

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवतरुपमा उद्घाटन गरे ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको थियो ।