July 30, 2021, Friday
२०७८ श्रावण १५

नाैं लाख डाेज काेराेना विरुद्धको खाेप चीन बाट आज आउदै

187

चीनका राष्ट्रपति सी जिनपिङले अनुदानको घोषणा गरेको नौं लाख डोज खोप एक सातामै मंगलबार काठमाडौं आउँदै छ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सले ल्याउँदैछ ।

राष्ट्रपति सीले १२ जेठमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए  । त्यसको भोलिपल्ट चीन सरकारले भण्डारमा खोप तयार भएको भन्दै तत्कालै लैजान नेपाललाई आग्रह गरेको हो ।