July 30, 2021, Friday
२०७८ श्रावण १५

नेपाल प्रहरीको नियमावली कानुन मन्त्रालयमै थन्कियाे 

1.8K

एकपछि अर्काे अध्यादेश ल्याइरहेको सरकारले प्रहरीको नियमावली संशोधनमा चासो दिन नसक्दा सयौँ कर्मचारीको बढुवा प्रभावित बनेको छ । बढुवाका केही प्रावधान संशोधनसहित प्रहरी नियमावली संशोधन अघि बढेकोमा दुई महिनादेखि त्यससम्बन्धी प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ ।

नियमावली संशोधन गर्न रायका लागि मस्यौदा कानुन मन्त्रालयमा पठाएकोमा उताबाट नआएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव धर्मराज कुइँकेलले बताए । खासगरी प्रहरी नायब निरीक्षक (सइ)बाट इन्स्पेक्टर बढुवामा देखिएको समस्या सम्बोधन गर्न नियमावली संशोधन गर्न लागिएको थियो ।

हाल इन्सपेक्टरमा रिक्त पदमध्ये ४० प्रतिशत बढुवाबाट तथा ६० प्रतिशत भर्नाबाट पदपूर्ति गरिन्छ । त्यसैले जुनियर अधिकृतको बढुवामा जाम भएको भन्दै ५०/५० प्रतिशत बढाउन प्रस्ताव गरिएको थियो । तर, नियमावली समयमा संशोधन नहुँदा बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । जसकारण जुनियर अधिकृतहरू झन् मर्कामा परेका छन् । हाल इन्स्पेक्टरका एक सयभन्दा धेरै पद रिक्त छन् ।नयाँ पत्रिका बाट