July 30, 2021, Friday
२०७८ श्रावण १५

निषेधाज्ञा : केही क्षेत्रलाई खुकुलो बनाउने तयारी

222

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा पर्सि २० गते सकिँदैछ ।त्यसपछि निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसबारे निर्णय गर्न काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

आज या भोलि बस्ने बैठकले यसबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।