July 30, 2021, Friday
२०७८ श्रावण १५

हजारौं इपिएस पिडितले प्रधानमन्त्री ओलीको टुइटरमा ह्यासट्याग दबाब दिने

1.8K

बासुदेव भट्ट/काठमाडौं

सम्पुर्ण प्रकृया पुरा गरेर पनि दक्षिण काेरिया जान नपाएका नेपाली युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटरमा ह्यासट्याग अभियान सुरु गरेका छन । छोटाे सभ्य भाषाको प्रयोग गरी आफ्नो समस्या र गुनासो उनीहरुले प्रधानमन्त्री ओलीकाे टुइटरमा ह्यासट्याग गर्दै छिटो काेरिया जाने वातावरण बनाइदिन यस्तो अभियान सुरु गरेको उनिहरुले बताएका छन् ।

दक्षिण काेरिया सँग तत्काल कुटनैतिक पहल गरि आफ्नो समस्या समाधान गरिदिन उनिहरुले प्रधानमन्त्रीलाई दबाब दिन नैतिक दबाब हुने अपेक्षा गरेका छन्।उक्त अभियानमा सहभागी हुन हजारौं इपिएस पिडितलाई सहभागी हुन पनि आह्वान गरिएको छ ।

आउदो जेठ २० गते साँझ ५ बजे प्रधानमन्त्री ओलीकाे टुइटरमा एकैसाथ हजारौं पिडितहरुले सभ्य भाषामा आफ्नो समस्या सहित लामो समय देखी रोकिएको कोरियाली रोजगारीको प्रक्रिया खुलाउन दक्षिण कोरियाली सरकार संग उच्चस्तरीय समन्वयको लागि आग्रह गर्नेछन् एक अभियान्ताले बताए ।यस अगाडि पनि पिडितहरुले विभिन्न आन्दोलन तथा ज्ञापनपत्र बुझाइसकेका छन्।