July 30, 2021, Friday
२०७८ श्रावण १५

राज्यले बजेटमा दलित तथा सिमान्तकृत वर्गलाई उपेक्षा गरेको सरोकारवाला पक्षको भनाइ

167

यस वर्षको बजेटमा दलित समुदायको लागि बजेट विनियोजन सन्तोषजन नभएको भन्दै सरोकारवाला निकायहरुले गुनासो गरेका छन । दलित तथा सिमान्तकृत समुदायको उत्थान तथा उनीहरुलाई राज्यको मुलप्रवाहमा ल्याउनको लागि राज्यले बजेट बाटै उपेक्षा गरेको समेत सरोकारवाला पक्षको आरोप छ। थोरै बजेट छुट्याउने प्रयास भएपनि त्यो पर्याप्त नभएको उनीहरुको भनाइ छ ।राज्यले पछाडि पारिएका समुदायको शिक्षा ,स्वास्थ्य ,रोजगाार आदि विषयमा बेवास्ता गरेको टिप्पणी छ ।आर्थिक वर्ष २०७८र०७९ को बजेटमा दलित तथा सिमान्तकृत समुदायको सवाल सम्बोधन विषयक अन्तक्रिर्या कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो ।फ्रिडम फर अल नेपाल (फान) र जातिय छुवाछुत विरुद्धको विश्व सञ्जालको आयोजनामा मंगलबार गरिएको अनलाइन अन्तरक्रिया कार्यक्रममा देशभरका अधिकारकर्मी तथा सरोकारवाला निकायहरू विच व्यापक छलफल भएको थियो ।राज्यले अन्य क्षेत्रमा थुप्रै बजेट छुट्टयाएको तर दलित तथा सिमान्तकृत समुदायको समस्या समाधान गर्न बजेट नछुट्याएको आरोप सरोकारवाला पक्षको छ ।उक्त अन्तक्रिर्यामा सिलाइ तथा कपडा व्यावसायी,सुनचाँदी व्यवसायी,राज्यका सरोकारवाला,निकायका प्रतिनिधि ,अभियानकर्मी,अधिकारकर्मी आदिको सहभागीता रहेको थियोे ।

कार्यक्रममा दलितका समस्या ,चुनौति र राज्यले विनियोजन गरेको बजेटको अवस्थाबारे जातिय छुवाछुत विरुद्धको विश्व सञ्जालका सचिव अर्जुन परियारले प्रस्तुत गरेको कार्यपत्रलाई टेकेर छलफल भएको थियो ।कार्यक्रममा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल ,शिक्षा मन्त्रालयका सहसचिव तथा बजेट महाशाखाका प्रमुख तुलसी प्रसाद थपलिया,दलित अधिकारकर्मी गणेश विक,फान नेपालका उपाध्यक्ष तथा मानव अधिकारकर्मी भक्तराज जोशी,रुकुमेली विकास समाज केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, महिला अधिकारकर्मी देबिसरा बादी, महिला अधिकारकर्मी मिना शर्मा लगाएतले विषय बस्तुमा मन्तब्य तथा आफ्नो धारणा राखेका थिए ।कार्यक्रमको सहजिकरण मानव अधिकारकर्मी कर्ण बहादुर नेपाली र सहभागीलाई मानव अधिकारकर्मी तथा फान नेपालका महासचिव खगेन्द्र ओलीले स्वागत गरेका थिए ।यस्तै छलफल तथा अन्तक्रिर्यामा मानव अधिकारकर्मी पुर्ण रसाइली ,पत्रकार प्रविर ददेल,अधिकारकर्मीहरु निराजन नेपाली,फान नेपालका सचिव डाक्टर तेज रोका,फान नेपालकै अर्का सचिव डाक्टर जाेमेश ओड , अधिकारकर्मी अनिता श्रेष्ठले आदिले कार्यक्रममा टिप्पणी तथा आफ्नो धारणा राखेका थिए ।कार्यक्रमको अध्यक्षता जातिय छुवाछुत विरुद्धको विश्व सञ्जालका अध्यक्ष तथा बरिष्ठ दलित अधिकारकर्मी सिताराम घले परियारले गरेका थिए भने समग्र कार्यक्रममा उठेका सवालहरुको समिक्षा मुस्लिम महिला अधिकारकर्मी तथा फानको उपाध्यक्ष सिमा खानले गरेकी थिइन ।सहभागीहरुले स्थानीय तहमा लक्षित तथा दलित वर्गको लागि आफ्नो आफ्नो ठाउँबाट बजेट विनियोजनमा दबाब दिने समेत धारणा राखेका थिए ।