July 30, 2021, Friday
२०७८ श्रावण १५

आजपनि सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको संख्या बढि, ६८ को मृत्यु

221

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।