July 30, 2021, Friday
२०७८ श्रावण १५

नेपाल प्रहरीका सई हरुलाई झन झन अन्याय,१७ वर्ष सम्म जुन ठाउँमा छ त्यहि ठाउँमा 

2.6K

प्रहरी नायब निरीक्षक (सइ)बाट इन्स्पेक्टर बढुवामा देखिएको समस्या सम्बोधन गर्न बनेको  नियमावली संशोधन नहुदा झन अन्याेलता बढेको छ । इन्सपेक्टरमा रिक्त पदमध्ये ४० प्रतिशत बढुवाबाट तथा ६० प्रतिशत भर्नाबाट पदपूर्ति गरिन्छ । त्यसैले जुनियर अधिकृतको बढुवामा जाम भएको भन्दै ५०÷५० प्रतिशत बढाउन प्रस्ताव गरिएको थियो । तर,उक्त  नियमावली अहिले अलपत्र हुदा थप अन्याेलता बढेको छ। यस्तो अवस्थामा  जुनियर अधिकृतहरू झन् मर्कामा परेका छन् ।

हाल इन्स्पेक्टरका एक सयभन्दा धेरै पद रिक्त छन । हाल सइबाट इन्सपेक्टर हुन १७ वर्ष लाग्ने अवस्था सिर्जना भएको छ । यसरी अन्यायमा प्रहरीका जुनियर प्रहरीलाई नियमावली रोकेर सरकारले थप अन्यायमा पारेको छ ।

एकपछि अर्काे अध्यादेश ल्याइरहेको सरकारले प्रहरीको अत्यावश्यक नियमावली संशोधनमा भने चासो दिएको छैन । नियमावली संशोधन प्रक्रिया रोकिदा सयौँ कर्मचारीको बढुवा प्रभावित बनेको सरकारलाई थाहा छ तर उपयुुक्त चासो छैन ।बढुवाका केही प्रावधान संशोधनसहित प्रहरी नियमावली संशोधन अघि बढेकोमा दुई महिनादेखि त्यससम्बन्धी प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ ।

नियमावली संशोधन गर्न रायका लागि मस्यौदा कानुन मन्त्रालयमा पठाएकोमा उताबाट फिर्ता नआएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव धर्मराज कुइँकेलले बताए ।नेपाल प्रहरीका महत्त्वपूर्ण प्रावधानहरुमा सरकार गम्भीर नहुदा सेवा बाट अवकाश लिने क्रम समेत बढेको छ ।