July 30, 2021, Friday
२०७८ श्रावण १५

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

142

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ स्थित चौधरी उद्योग ग्राममा रहेको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान बिहान साढ ८ बजेतिर आगलागी भएको हो ।उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार अहिले नियन्त्रण बाहिर रहेको छ ।

नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । आगलागीको कारण अहिलेसम्म थाहा नभएको बताइएको छ ।