July 30, 2021, Friday
२०७८ श्रावण १५

ट्राफिक द्वारा काठमाडौमा सयौं सवारीसाधन हाेल्ड

179

कोरोना संक्रमण बढ्पछि काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा बुधबार पनि जारी छ ।निषेधाज्ञाका कारण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )जनक भट्टराईले बताए । । तर, कार्यालय समयमा भने सवारी चाप केही बढेको छ । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ४३२ ओटा सवारी साधनलाई काठमाडौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ३४६ ओटा दुई पाङग्रे, ४९ ओटा चारपाङ्ग्रे २१ ओटा ठुला सवारी साधन र ४ ओटा ट्याक्सी रहेका महाशाखाले जनाएको छ ।