July 30, 2021, Friday
२०७८ श्रावण १५

कोरोना नियन्त्रणकै क्रममा संक्रमित प्रहरी हवल्दारकाे काेराेना बाटै निधन

392

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको कोरोना भाइरस संक्रमणका कारण बुधबार निधन भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको निधन भएको हो । 

उनलाई जेठ १६ गते कोरोना पुष्टि भएपछि सुरुमा आइसीयूमा राखेर उपचार थालिएको थियो । कोरोना पुष्टि भएको भोलिपल्ट जेठ १७ गते सोमबार अस्पताल भर्ना गरिएका हवल्दार भण्डारीलाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियोे ।
कोरोना नियन्त्रणका लागि सक्रिय रहेका बेला पीसीआर परीक्षण गराउँदा पहिलो पटक जेठ ३ गते उनलाई कोरोनाको संक्रमण पुष्टि भयो ।उनी काेराेना नियन्त्रणमा अरु सुरक्षाकर्मी जस्तै सक्रिय रुपमा खटेका थिए ।