July 30, 2021, Friday
२०७८ श्रावण १५

प्रतिबन्धित बाघको छाला सहित १ जना पक्राउ

863

प्रहरीले अछाम कमलबजारबाट बाघको छाला सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलबजार नगरपालिका वडा नं.८ ढाकु बस्ने धनपती बिष्टको छोरा विष्णु बहादुर बिष्ट रहेका छन् ।

घरमा बाघको छाला लुकाई राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा बिष्टको घरको गोठमा पराल भित्र लुकाई राखेको अवस्थामा पुच्छर सहितको बाघको छाला थान १ बरामद गरिएको हो ।

पक्राउ परेका विष्णु बहादुर बिष्ट लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको कमल बजारका प्रहरी प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।