July 30, 2021, Friday
२०७८ श्रावण १५

मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न देउवाकाे सरकारलाई कडा चेतावनी

198

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने नारा ‘खरानीको व्यापार गर्न घर जलाए’ जस्तै भएको टिप्पणी गरेका छन् । उनले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् व्यापार घाटा कम गर्न भन्दै चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासी/निर्यात खुला गर्ने घोषणा गरेको छ। सभापति देउवाले बुधबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध जनाएका हुन्।

‘अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद् विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत् चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ। विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन् गरिँदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू-क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन्।