July 30, 2021, Friday
२०७८ श्रावण १५

अमेरिका बस्‍ने युवाहरुबाट सल्ले अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री सहयोग

142

कोरोना संक्रमितको उपचारमा सहजता ल्याउनका लागि रुकुम पश्चिम घर भई अमेरिकामा बस्दै आएका युवाहरुले जिल्ला अस्पताल सल्लेलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छन । उक्त सामाग्रीहरु १ लाख ३० हजार बराबरका रहेको जनाईएको छ ।

अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ८ जना युवाहरुले रकम संकलन गरेर जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।संकलित रकमबाट १००० थान सर्जिकल ग्लोप्स, लुज ग्लोप्स ५००० थान, अक्सोमिटर १० ओटा, केएन नाईन्टी फाइप माक्स १०० ओटा अस्पताललाई हन्तान्तरण गरिएको छ ।

बुधबार उक्त सामाग्रीहरु नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख विष्णु बहादुर बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको थियो ।

हाल अमेरिकामा रहनु भएका मुसिकोट नगरपालिका वडा नं. ३ का शिव कुमार खत्री, भागिराम केसी, हरि बहादुर केसी, ओपेन्द्र , वडा नं। ६ की पुष्पा शाह, ललित बहादुर शाह, छितिज पाण्डे र वडा नं. १२ का कृष्ण केसीले उक्त रकम संकलन गरेर सहयोग गर्नुभएको हो । आफुहरुले जिल्ला अस्पतालका लागि थोरै पनि केहि सहयोग होस भन्ने हेतुले साथीहरुले केहि रकम संकलन गरेको शिब केसीले जानकारी दिनुभयो ।

कोभिड कहरबिच सामाजिक सेवामा लागेर अस्पताललाई सहयोग गरेको प्रति स्वास्थ्य कार्यालयमा निमित्त कार्यालय प्रमुख बिष्णु बहादुर बुढाथोकीले धन्यवाद व्यक्त गर्नुभएको छ ।