July 30, 2021, Friday
२०७८ श्रावण १५

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा जाने, मन्त्रीको सपथ ग्रहण भोली

169

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो ।

संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको जानकारी दिए । कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ ।

‘आर्थिक वर्ष २०७८/७९ को बजेट पनि आउन लागेको छ । सरकारलाई सकारात्माक ढंगले अगाडी बढाउन हामी सरकारमा सहभागी हुने छौं ।’ उनले भने,‘महामारीका बेला सरकारका काम प्रभावकारी बनाउनका लागि सरकारमा सहभागी हुन लागेका हौं ।’