July 30, 2021, Friday
२०७८ श्रावण १५

प्रहरी निरिक्षक रिजालको सक्रियतामा अवैध लागुऔषध सहित ३ जना पक्राऊ

386

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालले अवैध क्रियाकलापलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सफल हुँदै आएका छन् । सरुवा भई आएको छोटो समयमा नै जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाई अवैध हुने गतिविधिका विरुद्ध कडा रुपमा उत्रिएका छन् ।

यस्तै,रुपन्देहीको सैनामैनाबाट बुधबार अवैध लागुऔषध सहित तिन जनालाई पक्राउ गरिएको छ । प्रहरी निरिक्षक दिवाकर रिजालको कमाण्डमा खटिएको टोलिले विशेष सुराकीको आधारमा खानतलासी गर्दा अवैध लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले सैनामैना वडा न.६ कलौनीबाट ३.३९ ग्राम खैरो हिराइन नामक लागुऔषध बरामद गरेको हो ।सो अवैध कार्यमा संलग्न तिन पुरुषलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सैनामैना वडा न.६ कलौनी बस्ने वर्ष ३२का निर्मल पोख्रेल,सोही ठाउँ बस्ने वर्ष२८का सुरज बलाल,कपिलबस्तु जिल्ला वडा न.९ बस्ने वर्ष ३०का बदरुज्मा खाँ रहेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइको छ ।