July 30, 2021, Friday
२०७८ श्रावण १५

ब्रिटिश पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको भन्दै हल्ला मञ्चाएपछि…..

129

ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ।कतिपयले सनसनीपूर्णु समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ।नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्नेू सामाचारमा दाबी गरिएको छ।नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको समाचारमा लेखिएको छ।विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियअन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठन अवगत नभएको जनाएको छ।

ब्रिटिश पत्रिकामा गरिएको दाबीलाई लिएर नेपालका स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार दुई देशका निकायबीच कोभिड १९ सम्बन्धी सूचना आदानप्रदान हुँदै आएको छ।हिजो बुधवारे सम्म उहाँहरूले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन। नेपालबाट फर्केका बेलायती नागरिकमा कुनै नयाँ भेरिअन्ट नदेखिएको हामीलाई जानकारी गराइएको छ,ू पौडेलले बताएको बीबीसीले जनाएको छ ।

मैले पनि त्यो समाचार आएको देखेपछि त्यसलाई उद्धृत गर्दै यूकेको नियामक निकायलाई के कसो हो भनेर सोधेको छु। त्यसबारे हामी थप बुझिरहेका छौँ।विश्व स्वास्थ्य सङ्गठनले पनि अहिलेसम्म भेरिअन्ट अफ कन्सर्नु भनेर नेपालमा त्यस्तो कुनै नयाँ भेरिअन्ट देखिएको नभनेको प्रवक्ता पौडेलले बताए।डब्ल्यूएचओले पनि त्यस्तो केही भनेको छैन र हाम्रो आधिकारिक जानकारीमा पनि छैन उनले थपे।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ।नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।