July 30, 2021, Friday
२०७८ श्रावण १५

पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणमुक्त भन्दा संक्रमित हुने बढे

156

पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना कोरोना मुक्त भएका छन् ।केही दिन अघि बाट संक्रमणमुक्त हुनेकाे संख्या बढेको थियोे । मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् भने ७५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ।
अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।