July 30, 2021, Friday
२०७८ श्रावण १५

कर बढे सँगै अब कुन मदिराको मूल्य कति पुग्यो त ?

312

सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । मदिरा व्यावसायीहरुले सरकारले करको दर बढाएर नेपालको मदिरा अन्तर्राष्ट्रिय बजारमा समेत अत्यधिक महँगो बनाएको भन्दै आलोचना गरिरहेका छन् ।

बजेटपटि बढेको अन्तःशुल्कका कारण अब वियरको मूल्य सरदर प्रति बोतल ५० रुपैयाँले बढ्ने भएको छ । २०० देखि २५० रुपैयाँ प्रतिबोटल मूल्य रहेको वियरको मूल्य ३०० रुपैयाँ, ३००–३८० रुपैयाँ प्रतिबोटल रहेको वियरको मूल्य ४५० रुपैयाँ हारहारी पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै, वल्र्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सन लगायका हार्ड ड्रिङस्हरुको मूल्य प्रतिलिटरमा ४ सय रुपैयाँले बढ्ने छ ।

जस अनुसार हाल प्रतिलिटर ३ हजार ७७० रुपैयाँ प्रतिलिटर रहेको वल्र्ड दरबारको अन्तःशुल्क वृद्धिपछिको मूल्य ४ हजार माथि पुग्नेछ । 
यस्तै, रुस्लान भोड्का तथा ८८४८ ब्राण्डको वाइन प्रतिलिटरमा ३ सय रुपैयाँले बढ्ने अनुमान गरिएकोमा यसको मूल्य क्रमशः २ हजार ४ सय र २ हजार हाराहारी पुग्ने अनुमान गरिएको छ ।