July 30, 2021, Friday
२०७८ श्रावण १५

दाङ प्रहरीद्वारा जवरजस्ती करणी मुद्धामा फरार अभियुक्त पक्राउ

211

जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षिय रामु केसी रहेका छन् ।

उहाँलाई प्रहरीले विहिवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताए ।

अदालतले केसी विरुद्ध २०७६ मंसिर २६ गते जवरजस्ती मुद्दामा दोषी ठहर गदै सात वर्ष पाँच महिना आठ दिन कैद र दुई लाख पच्चिस हजार रुपैया जरिवाना फैसला गरेको थियो । फरार हुदै आएका अभियुक्तलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।