July 30, 2021, Friday
२०७८ श्रावण १५

रुकुम पश्चिमका दुई जना काेराेना संक्रमितको उपचारको क्रममा निधन

464

रुकुम पश्चिमका दुई जना पुरुषको काेराेना भाइरस संक्रमण बाट उपचारको क्रममा निधन भएको छ । आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका एक/एक जनाको पुरुषको नेपालगन्ज र सुर्खेतमा मृत्यु भएको हो ।कोरोना संक्रमित आठविसकोट नगरपालिका वडा नं.२ का ४४ बर्षका एक पुरुष र बाँफिकोट गाउँपालिका वडा नं. ४ का २८ बर्षका युवाको मृत्यु भएको हो ।

दुवै जना जिल्लामै संक्रमित भएपछि सुर्खेत र नेपालगन्जमा उपचार भइरहेको थियोे ।सुर्खेतमा उपचाररत आठबिसकोटका पुरुषको बुधबार मृत्यु भएको हाे । बाँफिकोट गाउँपालिकाका युवाकाे उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हाे ।याे सहित रुकुम पश्चिममा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या २५ पुगेको छ ।