July 28, 2021, Wednesday
२०७८ श्रावण १३

हजारौं इपिएस पिडितले प्रधानमन्त्री ओलीको टुइटरमा दिए ह्यासट्याग दबाब

1.9K

बासुदेव भट्ट/काठमाडौं

सम्पूर्ण प्रकृया पुरा गरेर पनि दक्षिण काेरिया जान नपाएका नेपाली युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटरमा ह्यासट्याग दबाब दिएका छन् । छोटाे र सभ्य भाषाको प्रयोग गरी आफ्नो समस्या र गुनासो उनीहरुले प्रधानमन्त्री ओलीकाे टुइटरमा ह्यासट्याग गर्दै छिटो काेरिया जाने वातावरण बनाइदिन यस्तो ध्यानाकर्षण गराएका हुन ।

दक्षिण काेरिया सँग तत्काल कुटनैतिक पहल गरी आफ्नो समस्या समाधान गरिदिन प्रधानमन्त्रीलाई चासो हाेस भन्ने अपेक्षा उनीहरूकाे छ। उक्त अभियानमा हजारौं इपिएस पिडितहरु सहभागी भएका थिए। बिहीबार साँझ पाँच बजे सम्म प्रधानमन्त्री ओलीकाे टुइटरमा एकैसाथ हजारौं पिडितहरुले सभ्य भाषामा आफ्नो समस्या सहित लामो समय देखी रोकिएको कोरियाली रोजगारीको प्रक्रिया खुलाउन दक्षिण कोरियाली सरकार संग उच्चस्तरीय समन्वयको लागि आग्रह गरेका थिए ।

Recent Update