July 30, 2021, Friday
२०७८ श्रावण १५

नेपाल प्रेस काउन्सिलकाे अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त

271

नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।बिहीबार(आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।बस्नेत लामाे समय देखि पत्रकारिता पेशामा आबद्ध व्यक्ति हुन ।उनलेे कान्तिपुर राष्ट्रिय दैनिकमा लामाे समय बिताएका थिए ।