July 30, 2021, Friday
२०७८ श्रावण १५

सशस्त्र प्रहरीलाई शान्ति मिसनको अवसर थपिदै 

3.8K

नेपाल प्रहरीको एफपियू बन्द हुँदा राष्ट्रसंघले सशस्त्र प्रहरीलाई भने थप अर्काे एफपियू दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुईवटा एफपियू कार्यरत छन् ।

दुई वर्षअघि नै अर्काे एफपियूका लागि तयारी थालिएको र राष्ट्रसंघको टोली केही हप्तापछि निरीक्षणमा आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताए ।

सशस्त्र प्रहरीले करिब ३० करोड खर्च गरेर दुई वर्षअघि नै बन्दोबस्तीमा सामान खरिद गरेर राखेको छ । नेपाली सेनामार्फत ती सामान खरिद गरिएको थियो । 

राष्ट्रसंघले अर्काे एफपियू थप्ने सम्भावना भएकाले त्यसका लागि जनशक्ति छनोट र तालिमको काम भइरहेको डिआइजी अर्यालको भनाइ छ । अफ्रिकी देश सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) वा मालीमा नयाँ मिसन थप हुने सम्भावना रहेको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

राष्ट्रसंघले मालीमा नयाँ एफपियू पठाउनेबारे नेपाल प्रहरीसँग समेत छलफल गरेको थियो । तर, एपिसीलगायत बन्दोबस्तीका सामान तत्काल खरिद गर्न सम्भव नभएपछि पछिल्लोपटक यसबारे कुनै छलफल नभएको प्रहरी स्रोतले बतायो ।याे खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।