July 30, 2021, Friday
२०७८ श्रावण १५

लामाे समयसम्म हाजिर नभएपछि नेपाल प्रहरीका एक इन्सपेक्टर जागिर बाट बर्खास्त

2.4K

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई बर्खास्त गरेको छ । मन्त्रालयले लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट बर्खास्त गरेको हो ।

प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन्सपेक्टर थापा लामो समय सम्पर्क विहिन भएपछि प्रहरी प्रधान कार्यालयले प्रक्रिया पुरा गरेर गृहमा सिफारिस गरेको थियोे ।

प्रहरी प्रवक्ता एसएसपी वषन्तबहादुर कुँवरले थापा बर्खास्त भएको पुष्टि गरेका छन् । उनले प्रहरीको भाषामा थापा भगौडा भएको र उनी बिरुद्ध आन्तरिक कारबाही प्रक्रिया पुरा गरेपछि गृहमा सिफारिस गरिएको बताए ।

थापाले अस्पताल प्रशासनबाट २३ पुसमा एक महिना लामो घरबिदा लिएकी थिइन् । त्यसपछि उनी अस्पतालको सम्पर्कमा आइनन् । प्रहरी अधिकारीका अनुसार थापा जागिर छाडेर विदेश गएकी छन् । उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना समेत प्रकाशित गरेको थियो ।