July 30, 2021, Friday
२०७८ श्रावण १५

कोरोना संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीशको निधन

168

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।

५५ वर्षका पौडेलको आज विहान ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो ।

उहाँलाई कोरोना संक्रमण भई ३ भन्दाबढी समय आइसियुमा उपचार गरिएको थियो । ६ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेकोमा आज बिहान ७ बजेतिर निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले जानकारी दिए ।

झापा निवासी पौडेल २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत हुनुहुन्थ्यो ।