June 23, 2021, Wednesday
२०७८ असार ९

केटीको पहिरन लगाएर पूर्व प्रेमिकाकाे बिहे मण्डपमा युवक छिरेपछि……..

388

भारत उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् ।

एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे । उनकी गर्लफ्रेण्डको अर्कै केटासँग बिहे निधो भएको थियो र बिहेको तयारी पनि चलिरहेको थियो ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए र काँधमा लेडिज ब्याग भिरेका थिए । साथै उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । तर उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । अन्ततः उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरुले उनलाई समातिहाले ।जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । तर अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरुले कुरिहेका रहेछन् । उनै साथीहरुसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके । उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्नेचाहिँ खुलेको छैन ।विभिन्न एजेन्सीको सहयोगमा