June 23, 2021, Wednesday
२०७८ असार ९

रुकुमका शिक्षककाे माग : खाेपकाे व्यवस्था नगरे पठनपाठन र परिक्षामा सहभागी हुदैनाैँ

2.4K

नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमले जिल्लाका सम्पुर्ण शिक्षक तथा विद्यालयमा कार्यरत कर्माचारीलाई काेराेना भाइरस बिरुद्धकाे खाेप व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्र बुझाउदै शिक्षकहरुलाई खाेपकाे तत्काल व्यवस्था गरि प्राथमिकतामा नराखे सम्पुर्ण शैक्षिक गतिविधिमा संलग्न नहुने समेत उनीहरुले बताएका छन् ।कार्यवाहक अध्यक्ष शारदा डाँगी र सचिव टाेप बहादुर हमालकाे नेतृत्वमा गएको टाेलीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाइ उक्त कुरा जानकारी गराएको हाे ।यदि खाेप उपलब्ध नगराए पठनपाठन तथा परिक्षा सम्बन्धि कुनै क्रियाकलापमा सहभागी नहुने कुरा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

प्रत्येक शिक्षकहरुलाई तत्काल खोपको व्यवस्था गर्न, संक्रमित शिक्षहरुको निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध गर्न, स्वास्थ्य सुरक्षा बीमाको व्यवस्था गर्न, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न हामी सरकार सँग माग गछाै संगठनका सचिव टाेप बहादुर हमालले भने । हाम्रा धेरै मुद्दाहरु छन् अन्य संघ ,संगठन सँगकाे सहकार्य पनि हामी आन्दोलनमा छाै,पहिलो मुद्दा हामीलाई खाेप हाे हमालले भने ।शिक्षकहरूले राष्ट्रिय स्तरमै पेन्सन्को अवधि नपुगि कोभिडको कारण ज्यान गुमाएको शिक्षकको अवधी थप गरी परिवारलाई पेन्सन उपलब्ध गराउन लगाएतका विविध मागहरू पनि उठाउदै आएका छन् ।