June 23, 2021, Wednesday
२०७८ असार ९

अबको एक दुइ दिनमा मनसुन भित्रदै ,गत वर्ष भन्दा धेरै पानी पर्ने

177

झन्डै चार महिना लामो बर्खा याम अबको एक दुई दिनमै नेपाल भित्रने मौसमविद्हरूले बताएका छन् ।मनसुन प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने उनीहरू बताउँछन्।यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १,५०० मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ।औसतको १० प्रतिशत तलमाथि भएसम्म हामी सामान्य मनसुन भन्ने गर्छौँ,जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।

पहाडी भूभागमा पहिरो अनि अन्यत्र बाढीबारे सचेत हुनुपर्छ। निरन्तर झरी पर्ने र अनि केही समय रोकिने मनसुनको विशेषता हो। यो मौसममा खासगरी रातिको समय धेरै झरी पर्ने गर्छउनले भने।यसपटक मनसुनभन्दा पहिलेको प्रि(मनसुन भनिने अवधि भने सन्तोषजनक नभएको मौसमविद्हरू बताउँछन्।जाडो याममा पनि खासै पानी नपर्नु अनि लामो समय सुख्खा रहँदा व्यापक स्तरमा डढेलो र वायु प्रदूषण फैलिएको थियो।यस वर्ष धेरै पानी भएकाले समयमै सजकता अपनाउन सरोकारवाला पक्षको भनाइ छ ।