June 23, 2021, Wednesday
२०७८ असार ९

चितुवाको छाला सहित कीर्तिपुरबाट २ जना पक्राउ

235

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना रहेका छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

चितुवाको छाला कारोबारी काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरी प्रबक्ता (एसपी) बस्नेतले बताए ।