June 23, 2021, Wednesday
२०७८ असार ९

काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहित प्रहरी अधिकृत द्वारा अनुगमन

885

इश्वर दुलाल/काठमाडौ

सडकमा सवारीसाधन चाप बाक्लो हुन थालेपछि उपत्यकाका ठाउँ ठाउँमा चेकजाँच कडाइ गरिएको छ ।सवारीसाधन चेकजाँचमा कार्यालय प्रमुख देखि उपल्लो तहका प्रहरी अधिकृतहरु पनि सडकमा खटेका छन।चेकजाँचमा प्रहरीकाे मनाेवल बढाउन र सरकारी अधिकारी तथा प्रहरीका माथिल्लो तहका अधिकारीहरु सडकमा देखिन थालेपछि निषेधाज्ञा थप कडाइ हुदै गएको छ ।

यस्तै अधिकारीहरुकाे जम्बाे टाेलीले बिहिवार काठमाडौ उपत्यकाकाे विभिन्न ठाउँमा अनुगमन गरेको छ ।काठमाडौं प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली,भक्तपुर प्रमुख जिल्ला अधिकार प्रेम प्रसाद भट्टराई ,महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराई र महानगरीय प्रहरी वृत्त जगति भक्तपुरका डिएसपी राजेश थापा सहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका भक्तपुर र काभ्रेपलान्चोकको सिमानामा सांगा चोकमा पुगेर निषेधाज्ञा काे आज अनुगमन गरेको हाे ।

‘कोरोना महामारीको सक्रंमणलाई नियन्त्रमा ल्याउन स्वास्थ्यका मापदण्ड र अनुशासन अझै कडा रुपमा पालन गर्नुपर्ने अवस्था आएको हुँदा हामीले निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने,‘निषेधाज्ञा कडाई आइसोलेसन’हरुको अवस्थाबारे बुझ्न अनुगमन गरेको बताए ।महानगरीय प्रहरी परिसर टेकु र महानगरीय ट्राफिक महाशाखाको प्रमुखको समन्वयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधनलाई चल्न दिइएको छैन।कोरोना संक्रमण फैलिन सक्ने त्रासकै बीच नागरिकलाई काम नभएको समयमा घर बाहिर ननिस्कन आग्रह गर्दै प्रहरी दिनरात सडकमा खटिएको छ।

तुलानात्मक रुपमा सुरुका दिनभन्दा अहिले कोरोना संक्रमणको दर विस्तारै घटिरहेको छ। प्रहरीले जथाभाबी जताततै उपत्यकाबासीलाई निस्कन नदिएको कारणले परिणाम राम्रो बन्दै गएको निष्कर्ष रहेको छ ।कोरोना नियन्त्रणको निम्ति प्रहरी सक्रिय रुपमा लागेको एसएसपी अशोक सिंहले बताएका छन्। ‘यो महामारी नियन्त्रण गर्न हामीले कडाइ गरेर मात्र हुँदैन, सर्वसाधारण पनि आफ्नो ठाउँबाट सचेत रहनुपर्छ भनेर सबैलाई आग्रह गरे ।