June 23, 2021, Wednesday
२०७८ असार ९

कोरिया द्वारा कम्पनीमा कार्यरत विदेशी मजदुरलाई पनि काेराेना खाेप दिन सुरु

581

दक्षिण कोरियाले मुलुकको प्रमुख कम्पनीमा काम गर्ने मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने भएको छ ।

बिहीबार दक्षिण कोरियाको सरकारले चिप निर्माता तथा इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने कामदारहरुलाई कोरोना खोप दिने विषयमा छलफल भइरहेको बताएको हो। कोरोना संक्रमणको कारण कम्पनीको उत्पादनमा कुनै किसिमको समस्या नआओस् भन्नका लागि दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो ।

दक्षिण कोरियाका श्रममन्त्रीले सामसुङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स इंक र एलजी इलेक्ट्रोनिक्सलाई पत्र लेखेर कामदारहरुलाई कोरोना खोप लगाउन आवश्यक विवरण मागेका थिए ।

अहिले श्रम मन्त्रालय र दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केडीसीए)बीच यस विषयमा छलफल चलिरहेको छ । तर, अझै पनि कुनै निर्णय भने भइसकेको छैन । केडीसीएका निर्देशक जेओङ एउन किओङले सेप्टेम्बरपछि मात्र उक्त प्राथमिकतामा पर्ने मानिसहरुलाई कोरोना खोप दिइने बताएका छन् ।