June 23, 2021, Wednesday
२०७८ असार ९

पछिल्लो २४ घण्टामा ५२९३ जना कोरोना संक्रमणमुक्त, ५९ को मृत्यु

132

पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि र ५२९३ जना कोरोना संक्रमणमुक्त ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।