June 23, 2021, Wednesday
२०७८ असार ९

विश्वासको मत नपाएपछि गण्डकीमा मुख्यमन्त्री गुरुङको पद गयो

112

एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन्।

गुरुङले जम्मा २७ सांसदको समर्थन पाए । गुरुङको विपक्षमा ३० मत परेको छ ।  ५८ जना सांसद उपस्थित भएकोमा ५७ जनाले मतदान गरेका छन् । विश्वासका लागि मुख्यमन्त्रीले प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरे । 

यसअघि २ वैशाखमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावउपर २७ वैशाखमा मतदान गर्ने कार्यक्रम रहेकोमा एक दिनअघि २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए ।