June 23, 2021, Wednesday
२०७८ असार ९

काेरिया जान नपाएका युवाहरूको अभियान चर्चामा, सरकारको ध्यानाकर्षण हुनसक्ने

892

बासुदेव भट्ट/काठमाडौं

रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषा र सिप दक्षता परीक्षा उत्तीर्ण गरी त्यसपछिका सम्पूर्ण प्रक्रियाहरु समेत पूरा गरेर कोरिया जान ठिक्क परेका तर कोरोना महामारीको कारणले २०७६ सालको फागुन (१६ महिना) देखि स्थानमा परेका हजारौं युवाहरुले सामाजिक सञ्जाल टुविटर बाट दबाबमूलक अभियान सञ्चालन गरेका छन् ।

सरकारले उचित पहलकदमि र उच्चस्तरीय तह बाट कोरियाली सरकार सँग कुटनैतिक पहल र अनुरोध नगर्दा हातमा आएको रोजगार गुम्न लागेको पिडित युवाहरु बताउछन् । युवाहरूले सुरु गरेको ट्विटर अभियान अहिले नेपालमा चर्चामा छ ।मुलधारका संचारमाध्यमले प्रमुखताका साथ यसको समाचार बनाइरहेका छन।

उनीहरुले कोरियाली रोजगारीको प्रक्रिया तत्काल सुचारु गर्न कोरियाली सरकार संग उच्चस्तरीय कुटनैतिक संवाद र पहल गर्न माग गर्दै सुरू गरेको प्रधानमन्त्री, उनका मुख्य सल्लाहकार र पराष्ट्रमन्त्रीलाई ह्यासट्याग जस्टिस फर इपिएस पासर (#justiceforepspasser) अभियानमा ३० हजार भन्दा बढि युवाहरुले ह्यासट्याग ट्विट गरीसकेका छन् ।

अहिले उक्त अभियान ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगिसकेको छ ।याे अभियान ट्रेण्डिङ्गमा परेपछि सरकारले पनि उचित कदम लिनसक्ने आशा उनिहरुमा पलाएको छ । श्रम तथा राेजगार मन्त्री विमल श्रीवास्तवले समेत एकहप्ता भित्र काेरियन दुताबास मार्फत सम्बन्धित पक्षको धारणा माग्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।विगतमा भन्दा पछिल्लो दबाबमूलक कार्यहरुले नेपाली युवा श्रमिकहरु दक्षिण काेरिया जाने वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ ।