June 23, 2021, Wednesday
२०७८ असार ९

सानेपा प्रहरीले हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझायो

790

प्रहरीले एकजना व्यक्तिको हराएको माेटरसाइकल फेला पारेर बुझाएको छ ।ललितपुर महानगरपालिका नख्खुमा पार्किङ गरी राखेको स्थानबाट बा. ९१. प. ८५५८ नं. काे हराएको अनिल लामाकाे FZ माेटरसाइकल आज प्रहरीले बुझाएको हाे ।केही दिन अगाडि पिडितले मोटरसाइकल हराएको भन्दै महानगर ट्राफिक प्रहरी वृत्त जाउलाखेलमा निवेदन दिएका थिए ।

प्रहरीले खोजतलासको क्रममा महानगरीय प्रहरी प्रभाग सानेपाबाट प्रहरी निरीक्षक कृष्ण खड्काकाे कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गरि ललितपुरको भनिमण्डलबाट मोटरसाइकल फेला पारेको थियोे ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक प्रज्वल महर्जनले हराएको माेटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको बताए ।