June 23, 2021, Wednesday
२०७८ असार ९

दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका गणेश लामालाई प्रहरीले समायाे

327

सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ।विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।गुण्डा नाइकेकाे पहिचान बनाएका लामा विजय गच्छदार सँगै नेपाली काँग्रेस प्रवेश गरेका थिए

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे ।स्रोतका अनुसार माथिल्लो दबाबका कारणले लामालाई निषेधाज्ञा उलंघन गरेर पाेखरा पुगेको आराेपमा कारबाही गर्ने सम्भावना छ ।