June 23, 2021, Wednesday
२०७८ असार ९

लागुऔषध सहित कञ्चनपुर प्रहरीद्वारा २ जना पक्राउ

157

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने अभय सिहं र सोहि ठाउँका हरिस बोहोरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखाम पुजारा बोडिङ् स्कुल नजिकबाट २.०४ ग्राम खैरो हेरोईनसहित उनिहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए ।