June 23, 2021, Wednesday
२०७८ असार ९

घोराहीमा पानीको ट्याङकीमा डुवेर एक युवतीको मृत्यु

192

दाङमा पानीको ट्याङकीमा डुवेर एक युवतीको मृत्यु भएको छ ।पानीमा डुबेर मृत्युु हुनेमा घोराही १५ निवासी २१ वर्षिय डिला भण्डारीको आज बिहान करिव १० वजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

घर नजिकैको टंकीबाट पानी तान्ने क्रममा डुवेर उनको मृत्यु भएको डिएसपी रिजालले बताए । मृतकको शवलाई पोष्टमाटमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको प्रहरीले जनाएको छ ।