March 9, 2021, Tuesday
२०७७ फाल्गुन २५

शुक्रबार बाट जाेर बिजाेर प्रणालि सुरु,एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने 

188

सरकारले शुक्रबार बाट देशभर सवारीसाधन सञ्चालन गर्दा जोर गते जोर नम्बर प्लेटका सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटका सवारी साधन चलाउन पाइने व्यवस्था गरिकाे छ । साे अनुसारको प्रहरीले निगरानी बढाएको छ । काठमाडौँ उपत्यका भित्र र अरु जिल्ला भित्र मात्र निजी सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ । काठमाडौको महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर यो व्यवस्था लागू गरिएको जनाएको छ ।

काठमाडौ बाहिरका जिल्लामा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने व्यवस्था गरिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले निजीसवारी साधन मात्र चलाउँदा पनि चार पाङ्गे गाडीमा चालकसहित तीन जना र मोटरसाइकल, साइकल र स्कुटरमा चालक मात्र बस्न पाउने बताएका छन् । जसअनुसार कालो नम्बर प्लेट भएका बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् । यस अघि पास लिएर चलिरहेका निजी गाडी पनि जोरबिजोर प्रणाली अनुसार मात्र चलाउनु पर्ने छ । सरकारले निजी गाडी नम्बर प्लेटको आधारमा चलाउन दिने भनेपनि सार्वजनिक गाडी भने चल्न नदिने निर्णय गरेको छ ।