July 27, 2021, Tuesday
२०७८ श्रावण १३

ब्यानर सहित राहत बाड्न पुगेकाे अनेरास्ववियुलाई मेलम्चीबासीले लखेटे

208

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण गर्न थालेपछि स्थानीयबाँसीले लखेटेका छन् ।पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि केही समय  झडप समेत भएको थियोे । दुखत समयमा राजनीति गर्न खाेजेकाे भन्दै  स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका लागि  व्यानर सहित पुगेका उनीहरू र स्थानीयबासी विच अवस्था असामान्य हुन थालेपछि  प्रहरीले हस्तक्षेप गरेको थियो ।अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको थियो ।

Recent Update