November 25, 2020, Wednesday
२०७७ मंसिर ११

पर्वतमा पहिरो जादा तीन जनाकाे निधन ६ जना बेपत्ता

690

पर्वतकाे कुश्मा नगरपालिका–३ मा शनिबार राति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।राति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।
बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति रहेका छन ।बेपत्ताको खाेजि भैरहेको प्रहरीले बताएको छ ।

Recent Update