December 1, 2020, Tuesday
२०७७ मंसिर १६

चाैरजहारी घटनामा ३४ जना विरुद्ध मुद्दा दर्ता

657

रुकुमको चौरजहारी स्थित सोतीमा ६ जनाकाे हत्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरिएका मध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तब्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ ।मुद्दा लागेकामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् ।

घटनामा नवराज विक सहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्ष सहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हाे । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ ।

Recent Update