July 30, 2021, Friday
२०७८ श्रावण १५

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस कस्को कति

156

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। मूल्य वृद्धि प्रश्चात पेट्रोलको मूल्य प्रतिलिट १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ। त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।