October 24, 2020, Saturday
२०७७ कार्तिक ८

सोमबार थपिए चार सय ५१ जना नयाँ संक्रमित

444

बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

Recent Update